विराटनगर । मोरङको उर्लाबारी आगलागी परी घाइते भएका राम नरेश मरिता (यादव) को उपचारका क्रममा निधन भएको छ ।
काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी– ७ का ४३ वर्षीय यादवको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका हुन् ।
अस्पतालको आईसीयू कक्षमा उपचाररत यादवको सोमबार राति ११ बजे निधन भएको दासले बताए । यादवको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ । यसअघि तपन पण्डित, कुमार दाहाल ,कुमार तामाङ र रुकुमबहादुर कार्कीको मृत्यु भएको थियो ।
गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी– ७ दीपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
कीर्तिपुर बर्न अस्पतालमा २० जना घाइतेहरू उपचाररत रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । जसमध्ये आइसियु कक्षमा २ जना उपचाररत रहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





