काठमाडौँ । बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा सुत्केरीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट भएको छ ।
बिरामीका आफन्तको आक्रमणबाट अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र बस्याल गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
गुल्मीको सत्यवती गाउपालिका ठूलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंसिर ११ गते अपरेसन गरी बच्चा जन्मेको थियो । मंगलबार सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाब उत्पन्न भएको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले सुत्केरीको मृत्यु भएपछि तनाब उत्पन्न भएको र मृतकका आफन्तले डाक्टरमाथि आक्रमण गरेको जानकारी दिए ।
सुत्केरीको मृत्यु भएपछि उत्पन्न तनाब समाधानमा क्रममा बिरामीका आफन्तले डा. बस्यालमाथि आक्रमण गरी गम्भीर घाइते बनाएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार मृतकका आफन्तले मृत्युको विषयमा छानबिन गर्नेभन्दा पनि सुरुदेखि नै ५० लाख रुपैयाँ क्षतिपूर्ति रकम मागेपछि स्थिति असहज बन्दै गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





