ओखलढुङ्गा । ओखलढुङ्गाको केत्तुकेमा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुके बजार नजिकै ३२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण गरिएको हो ।
पर्यटन प्रवर्द्धनका लागि अग्लो बुद्धको मूर्ति यहाँ निर्माण गरिएको वडाध्यक्ष विष्णु तामाङले बताए । मानेभञ्ज्याङ गाउँपालिकाको करिब ३० लाख लगानीमा उक्त मूर्ति निर्माण गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।
सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने केत्तुके बजारमा पर्यटन प्रवर्द्धनका लागि बुद्धको मूर्तिसँगै अन्य पर्यटकीय पूर्वाधारहरू निर्माण गरिएका छन् । सोही स्थानमा गुम्बा, बुद्धको मूर्ति पार्क, बौद्ध डाँडामा सहिद स्मृति पार्क लगायतका पर्यटकीय पूर्वाधार निर्माण गरिएका हुन् । यसका साथै पछिल्लो समय केत्तुके बजार जिल्लाकै मौलिक बजारका रूपमा विकसित भइरहेको वडाध्यक्ष तामाङको भनाइ छ ।
स्थानीय उत्पादनहरू दाल, तरकारी, फलफूल लगायतका खाद्य सामाग्रीहरू विशेष गरी बिक्रीका लागि राख्ने गरिएको पाइन्छ । ओखलढुङ्गा र सोलुखुम्बु आऊ जाऊ गर्ने यात्रुहरूलाई लक्षित गरेर बजारमा रैथाने उत्पादनलाई बिक्री गर्ने गरिएको हो । तामाङ समुदायको बाक्लो बसोबास भएको केत्तुकेलाई पर्यटकीय हबका रूपमा विकास गर्न वडाध्यक्ष तामाङले आफैले घोडा खरिद गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई घोडचढीको व्यवस्था गरेका छन् ।
मानेभञ्ज्याङ गाउँपालिकाको केत्तुके लगायत लिब्जु उपो सामाथान, सातसल्लेको सहिद पार्क, किराँतेश्वर गुफा, जयरामघाटको पुल, उवुको स्वालेवा र सुरिम पार्क लगायतको पर्यटकीय प्रवर्धन गरी युवाहरूमा रोजगारी सृजना गर्ने योजनाका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






