काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गोरखापत्रको फोटो प्रदर्शनीले इतिहासको पुनर्ताजगी गर्ने काम गरेको बताएका छन् । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको आइतबार अवलोकन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘कतिपय तस्विरहरु आफैंले भोगेका तस्विर राखिएका छन्, कतिपय पुराना इतिहास झल्काउने खालका तस्विर देखें, यसले इतिहासको विभिन्न कालखण्डको स्मरण गराउने काम गरेको छ” उनले भने, ‘गोरखापत्रको यो काम प्रशंसनीय छ, पुर्खाका पालाका तस्विर देख्न पाउँदा खुशी लाग्यो ।’ सोअघि उनले प्रदर्शनमा राखिएका तस्विरको अवलोकन गरेका थिए ।
मन्त्री तामाङले आउने आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउनेगरी सरकारले काम गरिरहेको बताए । मुलुकको आर्थिक समृद्धि पर्यटन क्षेत्रको विकाससँग जोडिएकाले त्यसमा केन्द्रित रहेर मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ ।
‘यसअघि कोभिडका कारण पर्यटक आउने सङ्ख्या घटेको थियो, सन् २०२३ मा १० लाख पर्यटक मात्र नेपाल आउनुभएको थियो, सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ काम भइरहेको छ,’ मन्त्री तामाङले भने । नेपालमा आउने धार्मिक तथा सांस्कृतिक पर्यटकको सङ्ख्या बढी रहेको मन्त्री तामाङले बताए ।
लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दू धर्माबलम्वी पर्यटकको सङ्ख्या धेरै रहेको उनले प्रष्ट पारे । बाँकी यहाँको प्राकृतिक सम्पदा, हिमालको आरोहण गर्न आउने पर्यटक संख्यामा अझ बढोत्तरी गर्नुपर्ने उनको भनाइ छ ।
विदेशी पर्यटकको आगमन मुलुकको अर्थतन्त्रसँग जोडिएको विषय भएको चर्चा गर्दै मन्त्री तामाङले भने, ‘विदेशी पर्यटक नेपाल आउँदा विदेशी मुद्रा आर्जन हुने, रोजगारी बढ्ने काम हुन्छ । त्यसैले पनि पर्यटन क्षेत्र समृद्धिको एउटा बलियो आधार हो भन्ने हामीले बुझ्नुपर्छ ।’
सो अवसरमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईले मन्त्री तामाङलाई फोटोबारे बिफ्रिङ गरेका थिए । अध्यक्ष र महाप्रबन्धकले मन्त्री तामाङलाई मायाको चिनोस्वरुप गोरखापत्रको पहिलो अंक र परिवर्तित नेपाल पुस्तक हस्तान्तरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






