
काठमाडौँ । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले आजदेखि भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट २०२४) शुरु भएको छ । एक्सपो भोलिसम्म चल्ने छ ।
समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, काठमाण्डौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना गरिएको एक्सपोको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकाको लक्ष्य रहेको उल्लेख गर्दै यो कार्यक्रमले पनि सरकारको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए । ‘सन् २०२३ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ । सरकार नीजि क्षेत्रसँगको सहकार्य र सहभागितामा पर्यटन प्रर्वद्धनका कार्यक्रम गर्दै जाने छ ।’ उनले भने ।
आगामी वर्षको बजेटमा पर्यटनका कतिपय विषयहरु छुटेको स्वीकार गर्दै मन्त्री तामाङले छुटेका विषयहरुलाई बजेटमा समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
नाइट एक्स्पोले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी (होटेल, रिसोर्ट, होमस्टे, ट्राभल रटुररट्रेकिङरमाउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स), सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याई नेपालको समग्र पर्यटन प्रबर्धन गर्ने लक्ष्य लिएको छ । यो प्रदर्शनीमा १६ देश, १५० बिक्रेता, २५० क्रेता तथा १ हजारभन्दा बढी आगन्तुक सहित मलेशियाको मलेशिया टुरिज्म बोर्ड, बिहारको बिहार टुरिज्म बोर्डसमेतको सहभागिता रहेको नाइट संस्थापक रसंयोजक एवं समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिए ।
नेपालमा पहिलोपटक आयोजना गरिएको नाइट २०२४ नेपालको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी भएको र यसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेको उनले जानकारी दिए । एस्क्पोमा शुक्रवार शनिवार पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा समुह छलफल (प्यानल डिस्कसन) हुने छ । जसमा नेपालका पर्यटनका बहुआयामिक विषयहरुमा मन्थन हुने आयोजको धारणा छ ।
एक्सपोमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौं महानगरपालिका सहित एजुकेसनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाण्डौं, ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्स काठमाण्डौं र रे जिन टा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फुड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, टाभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय; काठमाडौं शाखा
- जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली
- एनआईसी एशिया बैंकका ग्राहक महानुभावलाई उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध
- केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्बन्धमा
- थःने या (माथिल्लो टोलको जात्रा)
- सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य
- महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
- दसैंमा नाचिने सख्या नाच थारू बस्तिमा सुरू