गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपाल र सिद्धलेक गाउँ पालिका धादिङले धान दिवसको अवसर पारेर बुङचुङमा रोपाई महोत्सव मनाएका छन् ।
हिजो असार १५ को अवसर पारेर सिद्धलेक गाउँपालिका पुगेका भिटोफका प्रतिनिधि तथा पर्यटन व्यवसायीले रोपाई महोत्सव मनाएका हुन् ।
रोपाई महोत्सवको अवसरमा आयोजित कार्यक्रममा भिटोफ नेपालकी अध्यक्ष शकुन्तला देवकोटाले कृषि र पर्यटनलाई जोड्न सके नेपालको अर्थतन्त्रमा टेवा पुग्ने बताइन् । उनले भनिन्, ‘पर्यटकहरू गाउँ गाउँ आउँदा यहाँका फलफूल, तरकारी तथा अन्नले राम्रो बजार पाउँछन् । साथै पर्यटकले अर्गानिक खानेकुराको स्वाद लिन सक्छन् ।’
सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) सँगको संयुक्त आयोजनामा रोपाई महोत्सव मनाउन पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘काठमाडौँबाट नजिकै रहेको बुङचुङमा कृषि पर्यटनको प्रशस्तै सम्भावना रहेको छ । कृषि र पर्यटनलाई जोड्न सके भारतीय उत्पादनको दबदबा रहेको कृषिउपजको बजारमा धादिङको अर्गानिक उत्पादनको प्रबर्धन गर्न सकिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





