गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपाल र सिद्धलेक गाउँ पालिका धादिङले धान दिवसको अवसर पारेर बुङचुङमा रोपाई महोत्सव मनाएका छन् ।
हिजो असार १५ को अवसर पारेर सिद्धलेक गाउँपालिका पुगेका भिटोफका प्रतिनिधि तथा पर्यटन व्यवसायीले रोपाई महोत्सव मनाएका हुन् ।
रोपाई महोत्सवको अवसरमा आयोजित कार्यक्रममा भिटोफ नेपालकी अध्यक्ष शकुन्तला देवकोटाले कृषि र पर्यटनलाई जोड्न सके नेपालको अर्थतन्त्रमा टेवा पुग्ने बताइन् । उनले भनिन्, ‘पर्यटकहरू गाउँ गाउँ आउँदा यहाँका फलफूल, तरकारी तथा अन्नले राम्रो बजार पाउँछन् । साथै पर्यटकले अर्गानिक खानेकुराको स्वाद लिन सक्छन् ।’
सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) सँगको संयुक्त आयोजनामा रोपाई महोत्सव मनाउन पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘काठमाडौँबाट नजिकै रहेको बुङचुङमा कृषि पर्यटनको प्रशस्तै सम्भावना रहेको छ । कृषि र पर्यटनलाई जोड्न सके भारतीय उत्पादनको दबदबा रहेको कृषिउपजको बजारमा धादिङको अर्गानिक उत्पादनको प्रबर्धन गर्न सकिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





