पृथ्वी राजमार्गको बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्दव कँडेलले त्रिशुली नदी पारी 'त्रिशुली भिल्ला' सञ्चालनमा ल्याएका छन् ।
१५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रूपैयाँ लगानी भएको सञ्चालक कँडेलले बताए ।
त्रिशुली रिभर साइड रिसोर्टभन्दा लक्जरी सुविधासहितको यी १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा छन् ।
२२ वटा कोठा सञ्चालनमा आएको र अबको केही महिनामै बाँकी १५ वटा सञ्चालनमा ल्याइने सञ्चालक कँडेलले बताए ।
भिल्लामा तीन सय जना क्षमताको कन्फ्रेन्स हल छ। जसले कर्पोरेट ग्राहकहरूलाई समेत सहज हुने कँडेलको विश्वास छ । 'वेलनेस' प्रेमी पाहुनालाई ध्यानमा राख्दै भिल्लामा साउना र स्टिम समेत निर्माण गरिएको छ ।
यसबाहेक आवश्यकता अनुसार भिल्लाका ग्राहकहरूले प्राइभेट पार्टी, क्याम्प फायर, बार्बिक्यु लगायतको मज्जा लिन सक्नेछन् ।
भिल्लामा न्यूनतम चार हजार रूपैयाँ देखिको प्याकेज बुक गर्न सकिन्छ ।
भिल्लामा बुकिङ गर्ने ग्राहकले डिनर, रूम र ब्रेकफास्टसँगै वेलनेस प्याकेज अन्तर्गत स्विमिङ पुल, साउना, स्टिम र हाइकिङ समेत पाउँछन्। भिल्लामा पुगेका पाहुनाहरूलाई यी सबै किसिमका लक्जरी सुविधाहरू उपलब्ध छ ।
भिल्लामा रेस्टुरेन्ट तथा बारको समेत व्यवस्था गरिएको छ । रूमको बालकोनीबाट त्रिशुली नदीको सुन्दर दृश्यावलोकन गर्न पाउनु भिल्लाको अर्को आकर्षण रहेको सञ्चालक बताउँछन् ।
रिभरसाइड रिसोर्ट साहसिक पर्यटनको हबको रूपमा विकास हुँदैछ । त्रिशुली नदी माथि स्काइ साइक्लिङ, जिपलाइन, त्रिशुली नदीमा साहसिक र्याफ्टिङ जस्ता साहसिक पर्यटनको अनुभव लिन सकिनेछ ।
भिल्ला पुग्न पृथ्वी राजमार्गको मालिङ्गा झरेपछि त्रिशुली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ ।
एडभेञ्चर नरोज्ने पाहुनाहरू झोलुङ्गे पुल तरेर भिल्ला पुग्न सक्छन् । सवारी साधन लिएर जानेका लागि नदी वारी नै पार्किङको सुविधा छ ।
बाइकमा भने झलुङ्गे पुल हुँदै भिल्ला सम्मै पुग्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम





