पोखराको फुस्रेखोलामा डुबेर युवकको मृत्यु

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१७ पावरहाउस फुस्रेखोलामा डुबेर सोही महानगरपालिका-८ सृजनाचोक बस्ने पर्वत मोदी गाउँपालिका-९ तिलाहर घर भएका २० वर्षीय रोशन केसीको बिहीबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।

जुम्ला, तातोपानी गाउँपालिका-२ तातोपानीस्थित तिला नदीमा डुबेर सोही गाउँपालिका-२ डाँगीबाडा बस्ने १८ वर्षीय कबिराज डाँगीको बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो ।
 

कञ्चनपुर, बेदकोट नगरपालिका-७ काङ्ला पुलस्थित खोलामा डुबेर सोही नगरपालिका-७ महुलिया शिवशक्ति टोल बस्ने ४३ वर्षीय दिल बहादुर रैकालको बिहीबार राति मृत्यु भएको छ ।

अर्घाखाँची, शितगङ्गा नगरपालिका-६ सानो ढुङग्रे बस्ने २८ वर्षीय कुल बहादुर गाहामगरको प्युठान र अर्घाखाँचीको सिमानामा पर्ने बंशारी झिमरुक खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै