काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१७ पावरहाउस फुस्रेखोलामा डुबेर सोही महानगरपालिका-८ सृजनाचोक बस्ने पर्वत मोदी गाउँपालिका-९ तिलाहर घर भएका २० वर्षीय रोशन केसीको बिहीबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
जुम्ला, तातोपानी गाउँपालिका-२ तातोपानीस्थित तिला नदीमा डुबेर सोही गाउँपालिका-२ डाँगीबाडा बस्ने १८ वर्षीय कबिराज डाँगीको बिहीबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-७ काङ्ला पुलस्थित खोलामा डुबेर सोही नगरपालिका-७ महुलिया शिवशक्ति टोल बस्ने ४३ वर्षीय दिल बहादुर रैकालको बिहीबार राति मृत्यु भएको छ ।
अर्घाखाँची, शितगङ्गा नगरपालिका-६ सानो ढुङग्रे बस्ने २८ वर्षीय कुल बहादुर गाहामगरको प्युठान र अर्घाखाँचीको सिमानामा पर्ने बंशारी झिमरुक खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





