काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आव २०८०र८१ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार सो नाफा आर्जन गरेको हो । बैंकले आव २०७९र०८० मा १ अर्ब ५६ करोड रुपैयाँ कमाएको थियो । बैंकले आफ्नो नाफा १ अर्ब २७ करोड अर्थात ८१.४१ प्रतिशतले बढाएको छ ।
बैंकले गत आर्थिक वर्षमा ११ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले २ खर्ब ९३ अर्ब रुपैयाँ निषेप संकलन गरेर २ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
२१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १३.१० रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १७६.९० रुपैयाँ रहेको छ ।
बैंकको स्प्रेड दर ३.९९ प्रतिशत रहँदा आधार ब्याजदर ९.०८ प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






