काठमाडौँ - आार्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोट मात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना, मैला नोटहरू फिर्ता लिएर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो । जस अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूको माध्यमबाट सुकिला भुक्तानी योग्य नेपाली नोटहरू मात्र ग्राहकहरूलाई भुक्तानी गर्ने र पुराना मैला नोटहरू नेपाल राष्ट्र बैंकमा दाखिला गर्न पठाउने कार्य पर्दछन् ।
नेपाल राष्ट्र बैंक जनताले प्रयोग गर्ने नोट कत्तिको सफा छ भन्ने कुराले त्यस देशका जनताको चेतनाको स्तर तथा सभ्यताको चिनारी दिन्छ । यसैगरी, नोट विभिन्न किसिमका काम गर्ने मानिसको हातमा पुग्ने र एक हातबाट अर्को हातमा कारोबारको सिलसिलामा सर्दै जाने हुनाले नोटमा विभिन्न किसिमका रोगका किटाणुहरू र फोहोर मैला पनि लागेको हुन्छ । सफा नोटको मात्र चलन चल्तीले पुरानो तथा मैला नोटको प्रयोगबाट स्वास्थ्यमा पर्न सक्ने असरलाई पनि कम गर्न सकिन्छ ।
नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौँ । नोटमा केरमेट नगरौँ । समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकोले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं । नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा लागत लाग्ने भएकोले नोटको जतन गरी छपाइ खर्च घटाऔं । नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाऔँ । नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्य नगरौँ ।
नोटको हिफाजत गर्ने कुरा आफू पनि मनन् गरौं र अरुलाई पनि सिकाऔँ । नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौँ ।
पूजा गर्दा अथवा कुनै काम गर्दा रङ लागेको तथा मैलिएका हातहरूले सकेसम्म नोट नछोऔँ ।
टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा यस्तो कार्य नगरौँ । कारोबारको क्रममा शंकास्पद नोटहरू पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौँ । नोटलाई मठ–मन्दिर वा पूजापाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रङ, अबिर, पानी, दूध, रगत आदि नपारौँ । बरू दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने चलन चलाऔँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी

ट्रेन्डिङ
खबरमुकाम







