हरिकृष्ण ऐडी
नाग्म – गमगढी लोकमार्ग अन्र्तगत मुगुको घुच्चिलेखमा रहेको सिप्टिचौरमा पछिल्लो समयमा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको सिप्टिचौरमा प्रत्यक्ष रूपमा देख्न पाइने विभिन्न वनस्पति, पर्यटक चराका साथै पशुपन्क्षीले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेका छन् ।
डाबरानीखाडा सामुदायिक वन उपभोक्ता समिमिका तत्कालीन अध्यक्ष श्याम बहादुर मल्लका अनुसार यहाँ विशेषगरी चिसो शुद्द पानी, स्वच्छ हावा र मनोरम दृश्य भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।क
रिब ६५ विघा क्षेत्रफल ओगटेको छ यहाँ पाइने वनस्पति, पशुपन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उनले बताउछन । यस क्षेत्रलाई थप आकर्षक बनाउन चौरमा फूलबारी, विश्रामस्थल, वनभोजस्थल निर्माण गर्नलाई रारा राष्ट्रिय निकुञ्ज कार्यालयसँग समन्वय भैरहेको उनले बताए ।
पछिल्लो समय रारा पुग्ने पर्यटकहरुको रोजाईमा परेको यो सिप्टिचौर पाटनमा विभिन्न व्यक्ति कार्यालय तथा संघ सस्थाहरुले उत्सव मनाउने, कार्यक्रम आयोजना गर्ने यस क्षेत्रमा गर्दै आएका छन् ।
यो पाटनबाट सवारीसाधन भएर रारा ताल पुग्न १ घण्टा मात्र लाग्ने भएकाले पर्यटकहरु अघिल्लो रात बुलबुलेमा रहेका होटेलमा बास बसी विहान १/२ घण्टा सिप्टीचौरमा रमाउने त्यसपछि रारा पुग्ने गरेको छायाँनाथ रारा नगरपालिका वडा नं ७ का तत्कालीन वडा अध्यक्ष एैटन बहादुर शाहीले बताउछन ।
स्रोत : गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







