काठमाडौं - । प्रभु इन्स्योरेन्स कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २२ करोड ५० लाख थियो भने गत आर्थिक वर्षमा ४९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको कुल आम्दानी गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा ८९ करोड ८० लाख रुपैयाँ थियो ।
नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १५ रुपैयाँ ६१ पैसा रहेकोमा गत आर्थिक वर्षमा ३४ रुपैयाँ ०५ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ १९ पैसा छ । खुद प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्षमा ५७ करोड ७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ६५ करोड २२ लाख रुपैयाँ छ । १ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीको विशेष कोषमा १ अर्ब २९ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा १० करोड ८ लाख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







