भारतीय । चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित सेकेन्ड इर्मजिङ एशिया बैकिङ कन्क्लेभ एण्ड अर्वाड सम्पन्न भएको छ ।
कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड द बेष्ट बैंकिङ एसेन्ट क्वालीटी अवार्डबाट सम्मानित भएको छ । उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।
कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसंगै गरिमा विकास बैंकले प्राप्त गरेको छ ।
लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको छ । कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।
सो अवसरमा आयोजित डाइभिङ इफिसेन्सी एक्रोस द भ्यालु चैन विषयक प्यानेल डिस्कसन कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय डेभलपर बैंकर एशोसिएसन को प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी रहेका थिए ।
कार्यक्रममा उनले नेपालको बैंकिङ्ग परिदृष्य, बैंकिङ्गमा प्रविधिको प्रयोग र आगामी चूनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए ।
उक्त प्यानेल डिस्कसन कार्यक्रममा गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायसंगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत श्री दोर्जी कादिन, स्टेट बैंक अफ इन्डिया चिफ जनरल म्यानेजर रहेका छन राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रालिका उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख श्री सुनिल पण्डित मुख्य वक्ताको रुपमा रही वक्ताहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रुपमा सहभागी रहेका थिए ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा बैंले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






