सिटिजन्स म्युचुअल फण्डअन्तर्गतका योजनाहरुको प्रतिफल घोषणा गरेको छ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
आ.व.२०८०/८१ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोषसमेतबाट योजनाको ईकाइधनीहरुलाई सिटिजन्स म्युचुअल फण्ड—१ बाट करसहित ९ प्रतिशत नगद लाभांस, सिटिजन्स म्युचुअल फण्ड—२ बाट कर सहित ६.५ प्रतिशत नगद लाभांस र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित १० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ । साथै, उक्त लाभांस वितरण प्रयोजनका लागि मिति २०८१ आश्विन २३ गते एक (१) दिन सिटिजन्स म्युचुअल फण्ड—१, सिटिजन्स म्युचुअल फण्ड—२, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड को ईकाइधनी दर्ता किताब बन्द रहने छ ।
आ.व.२०८०/८१ मा समग्र आर्थिक चुनौतीहरुका बाबजुत पनि सिटिजन्स क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका तिनैवटा योजनाहरुमा लाभांस दिन सक्षम भएको छ । सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष श्री राजेन्द्रलाल श्रेष्ठ तथा सिईओ सबिर बादे श्रेष्ठ रहेका छन् ।
नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।
काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






