• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

‘मुकाम’ दशैँ घुमघाम शृङ्खला ५ः भर्खरै खानीबाट बाहिर निकालिएको हीराजस्तो ‘बडीमालिका’ 

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली नेतृत्वको टोलीले धार्मीक पर्यटकीइ गन्तव्य बडीमालिकाको भ्रमण गरेका छन् । भूस्वर्गकै रुपमा परिचित बडीमालिकाको ज्ञवालीले पहिलोपटक पदयात्रा मार्फत भ्रमण गरेका हुन् । तीनदिने भ्रमण सकेर फर्किएका ज्ञवालीले सामाजिक सञ्जालमा आहा, भन्दै बडीमालिका भ्रमणका तस्वीर राखेका छन् ।

पूर्व मन्त्री समेत रहेका ज्ञवालीले फेसबुक पेजमा घुमफिरका तस्वीर राख्दै बडीमालिकालाई भर्खरै खानीबाट बाहिर निकालिएको हीराजस्तो पर्यटकीय गन्तव्यको संज्ञा दिएका छन् । उसो त बडीमालिकालाई त्यहाँ पुग्ने जतिले प्रकृतिको स्वर्गकै रुपमा वर्णन गर्ने गरेको पाइन्छ । 

ज्ञवालीले तस्वीर राख्दै आहा ! एकान्त, शान्त र प्रसिद्ध आध्यात्मिक शिखर बडीमालिका, फेँदीमा अक्षत र अप्रतिम त्रिवेणी पाटन ! ‘भर्खरै खानीबाट बाहिर निकालिएको हीरा जस्तो पर्यटकीय गन्तव्य,’ भनेर लेखेका छन् । ४ हजार २ सय मिटर बढीको उचाइमा रहेको बडीमालिकालाई देशकै प्रमुख गन्तव्यका रुपमा विकास हुँदै गएको छ । 

ज्ञवाली नेतृत्वको टोलीमा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला अध्यक्ष लालबहादुर ओली, बडीमालिकाका नगरप्रमुख अमर खड्का, बडीमालिका ६ का वडाअध्यक्ष कृष्ण खड्का, युवा सङ्घका नेता गणेश थापा, मिलन ऐडीसहित सहभागी थिए । ज्ञवालीले ७७ जिल्ला पुगेर धेरै गन्तव्यको भ्रमण गरे पनि बडीमालिका पुग्दा बेग्दै आनन्द आएको बताएका छन् । 

मार्तडीबाट पैदल यात्रासहित त्रिवेणी पाटन हुँदै बडीमालिका दर्शन गरेका ज्ञवालीले बडीमालिका जस्तो सुन्दर र सम्भावना बोकेको पर्यटकीय गन्तव्य अर्को कमै मात्र भेटिने बताएका छन् । ज्ञवालीले भनेका छन्, ‘सबै जिल्ला र संसारका धेरै देश घुमेको छु, धेरै त्यहाँका गन्तव्य हेरेको छु, तर बडीमालिका विशेष लाग्यो, त्यो पनि दुई कारणले एउटा यस्ता विशाल अनि सुन्दर पाटन कमै भेटिन्छन्, अर्को यो स्तरको मान्छेमा धार्मिक आस्था र विश्वास पनि कमै शक्तिपीठमा हुन्छ ।’ 

हजारौँ वर्षदेखि अस्तित्वमा छ, लाखौँ भक्तजनहरुले आस्था र विश्वास राख्छन्, यति महिमा बोकेको गन्तव्यको विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने र ढिलो नगरिक विकास समिति मार्तडी यस क्षेत्रको विकासमा राज्य जिम्मेजार हुनुपर्नेमा ज्ञवालीले जोड दिए । ज्ञवालीले नेपालको एकीकरणसँग जोडिएको मन्दिर र यहाँको सुन्दरता नै सिङ्गो मुलुकको सम्पत्ति भएको प्रतिक्रिया दिएका छन् । 

‘पाटन पुग्दा त्यहीँ बसीरहुँ लाग्छ, पैदल यात्राको सबै थगान मेटिन्छ । केही बेग्लै, केही फरक आनन्दको अनुभूति हुने रैछ, पुगेपछि थाह भयो,’ ज्ञवालीले भने । उनले मन्दिरको पुनर्निर्माण र पर्यटकका लागि आवास सुविधा, गन्तव्य यात्रामा सहज बाटो हुनुपर्ने भन्दै पहलका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । बडीमालिका धार्मिक पर्यटनका लागि देशकै सम्भावना बोकेको गन्तव्य हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै