काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स एसआईसीसीआई बीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआई बीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृृतिक श्रोतहरुमा लगानीका लागि समझदारी भएको छ ।
सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसंग नेपालको लगानीका क्षेत्र र अवसरबारे जानकारीे गराएका थिए । अध्यक्ष अग्रवालले भने, "नेपालमा जलविद्युत, पर्यटन, खानी एवं प्राकृतिक अन्य श्रोतहरुमा लगानीका लागि सिंगापुरका लगानीकर्ताहरु समक्ष आग्रह गर्दछु"। नेपालमा हुने लगानीको प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्सले सहजीकरण गर्ने अध्यक्ष अग्रवालले प्रतिवद्धता जनाए ।
नेपालमा राजनीतिक स्थिरता, कानूनी पाटोमा सुधार हु“दै गएकाले लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उनले लगानीकर्ताहरुलाई अवगत गराए ।
पर्यटकीय दृष्टिकोणले समेत नेपाल विश्वकै उत्कृष्ट गन्तव्य बन्दै गएको भन्दै अध्यक्ष अग्रवालले लगानीका लागि आग्रह गरे ।
नेपाल र सिंगापुर दुवै मुलुकले लगानी र व्यापारिक साझेदारी मार्फत आर्थिक फाईदा लिन सक्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । नेपाल भ्रमणका लागि समेत उनले एसआईसीसीआईका पदाधिकारीलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







