काठमाडौँ । मुस्तांङ जाने बाटोमा पर्ने प्राकृतिक सुन्दरताले भरिपूर्ण रुप्से झरना अवलोकन गर्ने आन्तरिक पर्यटक बढेका छन् । यो समयमा बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्ने रुप्से झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ।
असोज कार्तिकको यो सिजन मुस्ताङ भ्रमणका लागि अनुकूल समय हो । रुप्से झरनाको पानी गहिरो अन्ध गल्छीमा पुगेर कालीगण्डकी नदीमा मिसिन्छ। आन्तरिक तथा बाह्य पर्यटक रुप्सेको मनमोहक दृश्य प्रत्यक्ष हेर्न लालायित हुने गर्छन्।
घाँसा प्रहरीका अनुसार अहिले दैनिक रुपमा स्वदेशी र विदेशी गरी करिब चार हजारको सङ्ख्यामा पर्यटक कालिगण्डकी कोरिडोर हुँदै जोमसोम पुग्ने गरेका छन् ।

मुस्ताङ भ्रमणमा हिँडेका पर्यटकहरु अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा सवारीसाधन रोकेर झरनाको अवलोकन गर्ने गरेका छन् । दसैँ तिहार बिदाको अवसरमा भ्रमणमा निस्केका पर्यटकका कारण रुप्सेमा बिहानैदेखि पर्यटकको भीड लाग्ने गरेको दानाका स्थानीयले बताए।
चारवर्ष अघि बाढी र पहिरोका कारण रुप्सेमा निर्माण भएका पूर्वाधारहरु भत्किएका कारण पर्यटकले सजिलै अवलोकन गर्न समस्या हुने गरेको उनीहरु बताउँछन् । अहिले बाटो केहि सहज भएपछी पर्पयटकहरु झनै बढन थालेको छ । पहिरो रोकथाम र पर्यटन पूर्वाधार निर्माण गरे अझै पर्यटकलाई झरनाको अवलोकन गर्न सजिलो हुने पनि स्थानीयवासीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






