काठमाडौं, माघ १८, २०८१ सन नेपालले आफ्नो बीमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि राष्ट्रिय स्तरको AML/CFT (Anti-Money Laundering & Combating the Financing of Terrorism) अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम माघ १८ गते काठमाडौंस्थित अमृतभोग क्याटरिङ्गमा आयोजना गरिएको थियो, जसमा २०० भन्दा बढी अभिकर्ता र शाखा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (CEO) राज कुमार अर्याल ले बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, उद्योगका वर्तमान प्रवृत्तिहरू, र व्यवसायिक नैतिकता सम्बन्धी मार्गदर्शन प्रदान गरेका थिए।
साथै, उनले सम्पत्ती शुद्धीकरण (AML) तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथाम (CFT) सम्बन्धी नीतिहरू, नियमनकारी निकायहरूद्वारा लागू गरिएका नयाँ प्रावधानहरू, तथा बीमा प्रतिनिधिहरूले अवलम्बन गर्नुपर्ने नैतिक व्यापार अभ्यासहरूबारे महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए।
सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सम्पूर्ण अभिकर्ता तथा शाखा व्यवस्थापकहरूलाई अद्यावधिक ज्ञान प्रदान गर्दै वित्तीय पारदर्शिता, नैतिक व्यापार अभ्यास, तथा नियम–कानुनको पालना गर्ने संस्कार विकास गर्ने प्रतिबद्धता जनाएको छ। बीमा व्यवसायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउनका लागि यस्ता अभिमुखिकरण कार्यक्रमहरू आवश्यक छन् भन्ने संस्थाको विश्वास रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







