काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. ले बिजनेश रिभीउ मीटीङ्ग चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम माघ २० मा आयोजना गरिएको हो ।
कार्यक्रममा कम्पनिका अध्यक्ष श्री रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत श्री राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत श्री निराजन कंडेल लगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया म्यनेजरहरू, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कम्पनिका अध्यक्षले सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरुको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए । आफ्नो लक्ष्य प्राप्त गर्न र कम्पनीलाई नयाँ उचाईमा पुर्याउन हाम्रो परम्परागत कार्यशैली विधिहरूमा प्रभावकारी र नवीनतम तरिकाको प्रयोग गर्नुपर्ने कुरा ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कर्मचारीहरू कम्पनीका गहना र निधि भएकाले कम्पनिको सफलता पनि उनीहरूले गर्ने कार्य र योगदानमा निर्भर रहने बताए । कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गरे। आफ्नो सफलता सुनिश्चित गर्न सिकेका कुराहरूलाई व्यवहारमा इमान्दारीता पूर्वक उतार्नु आवश्यक रहेको जानकारी प्रदान गरे ।
साथै कार्यक्रममा आ. ब. २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरु, शाखा तथा उप–शाखाका प्रबन्धकहरुलाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






