काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धी मोटर्स प्रा. लि. ले आज अप्रिल ५ देखि अप्रिल १२ सम्म सन्चालन हुने आफ्नो न्यु ईयर, न्यु अफर देशव्यापी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प गर्ने घोषणा गरेको छ।
एक हप्तासम्म चल्ने यस कार्यक्रमको उद्देश्य ग्राहक संग्लग्नता बढाई उनीहरूलाई बिग ह्याच र फाइभ स्टार लक्जरी भएको नामीको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो।योसँगै ग्राहकहरूले अब तोकिएको नामी गाडीको बुकिङको लागि केवल रू. ५.९९ लाखदेखि सुरु हुने सजिलो डाउनपेमेन्टबाट फाइदा लिन सक्नेछन्। यो अफरमा बुकिङ भएको मितिदेखि दुई वर्किङ डे भित्र ग्यारेन्टीपूर्ण डेलिभरीका साथै ने.रू. १ लाख सम्मको फाइदाहरू समावेश हुनेछन्।
यसले समग्र अनुभवलाई मूल्य र गति दुवै हिसाबले प्रभावकारी बनाउने छ। खरिद प्रक्रियालाई थप सजिलो बनाउन नामीले ८०५ सम्मको फाइनान्सिङ सहायता प्रदान गर्नेछ जसले गर्दा गाडी लिने प्रक्रिया सहज हुने र ग्राहकले सुरूमै गर्नु पर्ने खर्च पनि कम हुनेछ।
साथै, टेस्ट ड्राइभ लिने सबै सहभागीहरूलाई निस्शुल्क उपहार प्रदान गरिनेछ। ग्राहकहरु सबैले उपहारहरूका साथ अत्याधुनिक, सुविधायुक्त इलेक्ट्रिक कारको रोमाञ्चक टेस्ट ड्राइभको आनन्द लिन सक्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







