काठमाडाैँ । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८१, दफा १७ (क), को नियम अनुसार सञ्चालक समितिका सदस्य , आधारभूत सेयरधनीहरू, तथा विभागीय प्रमुखहरूलाई प्रशिक्षण प्रदान गरेको छ। काठमाडौँको याक एण्ड यती होटेलमा आयोजित सो कार्यक्रम बीमा प्राधिकरणका निर्देशक शाम्ब राज लामिछाने तथा उप निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए।
प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन, नियमावली र निर्देशन बमोजिमको कार्य प्रभावकारीरुपमा गर्न गराउन, आबश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधन श्रोत समेतको समुचित व्यवस्था मिलाउने लगायत सञ्चालक समितिको काम कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको थियो । कार्यक्रमको समापन समारोहमा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले सम्पत्ति शुद्धिकरण सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरू र त्यसबाट स्थापित अवधारणाहरूको आधारमा तर्जुमा गरिएको सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन तथा नियमावलीमा व्यवस्था भएको दायित्व पुरा गर्ने बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्वमा प्रकाश पार्दै कम्पनीका सबै कर्मचारी र तहमा यसलाई अक्षरस पालना गरिने बारेको स्पटोक्ति गरे। साथै यस निर्देशिकाको अनुपालनमा आफुहरूले कुनै कसर बाँकी नराख्ने कुरा समेत ब्यक्त गरे।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले गत वर्षदेखि प्रत्येक माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







