काठमाडौं । एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्टस अफ नेपाल ACAN सँग सम्झौता सम्पन्न गरेको छ । ACAN मा आबद्ध रहेका सदस्यहरूलाई लक्षीत गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा उल्लेख गरेको छ । यो सहकार्य एनएमबि बैंकको समावेशी र मूल्य–आधारित बैंकिङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको हो ।
एनएमबि बैंकले वित्तीय साक्षरताको प्रवद्र्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो। ACAN सदस्यहरूले बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्नेछन।
साथै, एनएमबिको प्राथमिक बैंकिङ सेवा अन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू पनि प्रदान गरिनेछ। यो प्रयास एनएमबि बैंकको पोर्टफोलियो विस्तार गर्ने साथै पेशागत वर्गहरुलाई पहुँचयोग्य तथा दीगो बैंकिङ समाधान प्रदान गर्ने लक्ष्यको प्रतिबिम्ब हो। हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






