काठमाडौं । सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै, एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू संचालनमा ल्याएको छ । एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू संचालनमा ल्याईएका हुन् ।
मंगलबार ९ , ज्येष्ठ ६० देखि यी प्याकहरु लागू भएका छन् । भ्वाइस प्याक अन्तर्गत, ग्राहकहरूले सात दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरहरुमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक कर सहित मात्र रु ९९ मा लिन सक्छन् । हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले रु ९९ मा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैं अन प्याक लिन सक्छन् । यसैगरी डेटामात्र चाहने ग्राहकले रु १५० मा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सक्छन् ।
यी प्याकहरूको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफै रिन्यु हुने व्यवस्था हो । जसले ग्राहकलाई बारम्बार प्याकहरु लिनपर्ने झन्झटबाट मुक्त बनाउँछ । ग्राहकहरूले ८१२३८९३ डायल गरी, एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा विक्रेताहरूमार्फत यी प्याकहरू लिन सक्छन् ।
ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार सजिलै सेवाहरु रोजी झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउँदै नयाँ प्याकहरु संचालनमा ल्याउन पाउँदा कम्पनी उत्साहित भएको एनसेलले जनाएको छ । सेवाहरु निर्वाध रूपमा प्रयोग गर्न, प्रत्येक ७ दिनको रिन्यूअल अर्थात नविकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनु पर्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






