रिलायबल लाइफद्धारा घातक रोग वापत रु.२० लाख बीमा दाबी भुक्तानी

काठमाडाै‌ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रु.२० लाख रुपैयांको घातक रोग वापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ साल चैत्र महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ बर्षको बीमा अवधी रहने गरी २० लाखको जीबनबीमा बीमालेख खरीद गर्नुभएका भरतपुर–३, चितवन निवासी श्री महेश बानीयांलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो । बीमीतले ३ किस्ता मात्र बीमाशुल्क भ’क्तानी गरेको अवस्थामा मिति २०८०।०१।०२ गते पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजांचका क्रममा कलोजो सम्बन्धी समस्या देखा परेको थियो । त्यसपश्चात थप उपचारका लागी उनलाई मेडिसिटी अस्पताल, काठमाडौ लगीएको र डाक्टरको सल्लाह बमोजिम नै २०८१ पौष १५ गतेका दिन उनको कलोजो प्रत्यारोपण गरिएको थियो ।
 नेपालमा अत्यन्तै महंगो उपचार पद्धती मध्यको एक मानिने कलेजो प्रत्यारोपणका लागी झन्डै ४० लाख सम्म खर्च लाग्ने गर्दछ । निजले सोही समयमा कम्पनीलाई गराएको जानकारी बमोजिम नै प्रक्रिया अगाडी बढाईएको थियो । निजले आप्ःनो सफल उपचार पश्चात सम्पुर्ण कागजात कम्पनीमा पेश गरेको छोटो समयमा नै कम्पनीले उनलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो । 

कम्पनीद्धारा मिति २०८२।०२।०७ गते बुधबारका दिन हाकिमचोक शाखामा आयोजित १ कार्यक्रमका बिच कार्यक्रमको अध्यक्षता गर्नुभएका शाखा प्रमुख श्री राजकुमार दाहाल ज्युले उक्त दाबी रकम रु.२० लाखको चेक बीमितलाई हस्तान्तरण गरेका हुन। कार्यक्रममा बोल्दै बीमीत महेश बानीयांले यस दुःखद समयमा बीमा कम्पनीले आफुलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भ’ुक्तानी तथा प्रकृया सम्बन्धी सम्पुर्ण हल्लाहरु निराधार साबित भएको समेत बताए। ‘आफुलाई जीबन बीमा गराउनका लागी सहि समयमा नै प्रस्ताव गर्नुहुने बीमा अभिकर्ता श्री सरस्वती गौतमलाई बिशेष धन्यवाद दिंदै भोलीका दिनमा आफु जस्तै समस्यामा पर्नसक्ने सबैलाई बीमाको दायरामा ल्याउनका निमित्त लागी पर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । 

कार्यक्रममा बोल्दै बक्ताहरुले बीमाको महत्व, बचत, बोनस, नेपालमा बीमादरको अवस्था तथा भविष्यमा हुनसक्ने जोखिमको क्षती न्युनिकरण गर्न आज स्वस्थ अवस्थामा नै बीमा गर्नुपर्ने कुरामा दिए।
उक्त कार्यक्रममा हाकिमचोक शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरु मनोज चौलागांई, बिष्णुकूमारी कुंवर, समिता दराई, तारा कुमाल MDRT जानकी शाह श्रेष्ठ लगायतका अन्य थुप्रै एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानियहरुको समेत उपस्थिती रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै