काठमाडौं। काठमाडौं विश्वविद्यालय, भाषा तथा आमञ्चार विभागले बुधबार मौलिक दर्शनमा आधारित सञ्चार सिद्धान्तसम्बन्धी एकदिने राष्ट्रिय सङ्गोष्ठी सम्पन्न गरेको छ । सङ्गोष्ठीमा विद्यावारिधि शोधार्थी तथा स्नातकोत्तर र स्नातक तहका विद्यार्थीद्वारा दुई दर्जन अनुसन्धान–पत्र प्रस्तुत गरिए । विभागीय प्रमुख डा. निर्मलमणि अधिकारीले अध्यक्षता गरेको संगोष्ठीको उद्घाटन सत्रमा सुदूरश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी प्रमुख अतिथि तथा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं र स्कुल अफ आर्टस्का एशोसियट डिन डा. उद्धव प्याकुरेल विशेष अतिथिका रुपमा सहभागी भए । कार्यक्रममा बीज वक्ताका रुपमा अनलाइनमार्फत सहभागी भएर बोल्दै इन्डोनेसियाको जकार्तास्थित बुडी लुहर युनिभर्सिटीकी अध्यापक डा. नि गुस्ती आयु केतुत कुर्नीयासारीले पूर्वीय दर्शनमा आधारित मौलिक अनुसन्धान तथा सञ्चार सिद्धान्तबारे चर्चा गरिन् ।
एशोसियट प्रोफेसर डा. सुधांशु दाहाल, डा. रामचन्द्र पौडेल, स्कुल अफ एजुकेसनका असिस्टेन्ट प्रोफेसर डा. सिद्धार्थ ढुंगाना, सहिष्णु पौड्याल, तृष्णा आचार्य लगायतले विभिन्न सत्रको अध्यक्षता एवम् अनुसन्धानपत्रमाथि टिप्पणी गरे । स्नातक विद्यार्थीले समूहगत र स्नातकोत्तर तथा विद्यावारिधि तहकाले व्यक्तिगतरुपमा ३८ जनाद्वारा दुई दर्जन अनुसन्धान–पत्र प्रस्तुत गरिएका थिएँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






