काठमाडौं । विश्वका ठूला प्रविधि कम्पनीहरूले धमाधम कर्मचारी कटौती गर्न थालेका छन् । कम्पनीको खर्च बढिरहेकोले त्यसलाई व्यवस्थापन गर्न र एआईमा जोड दिनका लागि यस्तो कटौती गरिएको हो ।गत बिहीवार मात्र अमेजनले सयौं कर्मचारीलाई अमेजन वेब सर्भिसेसबाट निष्काशन गरेको छ । यसअघि अमेजनले पुस्तक व्यवसायमा पनि कर्मचारी कटौती गरेको थियो । गूडरीड्स र किन्डलबाट पनि कर्मचारी छँटनी भएका थिए । गत मे महिनामा अमेजनले वन्डरी पोडकास्ट डिभिजन, रिटेल स्टोर र कर्पोरेट कम्युनिकेशन्समा कर्मचारीहरू हटाएको थियो । एआई आएपछि कतिपय पदहरूको आवश्यकता नपरेको अमेजनका सीईओ एन्डी जस्सीले बताएका छन् । उता इन्टेल कम्पनीले अमेरिकामा रहेका ५५ सयभन्दा बढी कर्मचारीहरू कटौती गर्न खोजेको छ । त्यसको सबभन्दा बढी असर क्यालिफोर्निया र ओरेगनमा पर्ने बताइएको छ ।
सन् २०२४ मा इन्टेलले १५ हजारजनालाई कामबाट निष्काशन गरेको थियो । इन्टेलका सीईओ लिप–बु तानले संसारभरिका कार्यालयबाट कर्मचारी हटाउने तयारी चलिरहेको बताएका छन् । खर्च घटाउनका लागि यसो गरेको उनको भनाइ छ । माइक्रोसफ्टले पनि संसारभरिका कर्मचारीमध्ये ४ प्रतिशतलाई हटाउन लागेको छ । करिब ६ हजार कर्मचारीहरूलाई निकालिने भनी गत मे महिनामा माइक्रोसफ्टले पुष्टि गरेको थियो । सन् २०२४ को जुन महिनामा २ लाख २८ हजार कर्मचारी भएको माइक्रोसफ्टले व्यवस्थापकहरूको संख्या घटाउन खोजेको छ ।
उता टिकटकमा ईकमर्स शाखाका कर्मचारीहरूलाई हटाउने तयारी चलिरहेको छ । कम्पनीको संस्थागत तथा कर्मचारीतन्त्रमा परिवर्तन गरेर यसलाई थप प्रभावकारी बनाउन खोजिएको भनी टिकटकले कर्मचारीहरूलाई सूचना दिइसकेको छ ।अमेरिकाको ईकमर्स बजारमा साढे १७ अर्ब डलर बराबरको व्यापार गर्ने लक्ष्य लिएको टिकटकले त्यो लक्ष्य हासिल गर्न नसकेपछि अमेरिकी कर्मचारीहरूलाई चिनियाँ कार्यकारीले विस्थापित गर्न खोजेको ब्लूमबर्ग सञ्चारमाध्यमले खबर दिएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







