काठमाडौं । लामो समयदेखि रोकिएको अनुमति प्रक्रिया अन्ततः अघि बढ्दै, नेपाल दूरसञ्चार प्राधिकरणले दुई ठूला टेलिकम कम्पनी एनसेल र नेपाल टेलिकमलाई साढे ९ सय नयाँ टावर निर्माणको स्वीकृति दिएको छ। प्राधिकरणले गत असार ३० गते एनसेललाई ७४३ र नेपाल टेलिकमलाई २०० वटा बीटीएस टावर निर्माण गर्न अनुमति दिएको हो। अनुमति दिइएपछि यी कम्पनीहरूले देशभर टेलिकम सेवा विस्तार तथा क्षमता अभिवृद्धिमा नयाँ गति ल्याउने विश्वास गरिएको छ ।
दुई वर्षदेखि अनुमति माग गर्दै आएका टेलिकम कम्पनीहरूको फाइल लामो समयदेखि प्राधिकरणमा थन्किएको थियो । २०८० फागुन ८ गते अध्यक्ष बनेका भूपेन्द्र भण्डारीको कार्यकालमा कुनै ठूला पूर्वाधार निर्माण योजनामा निर्णय नहुँदा प्राधिकरणको वार्षिक प्रगति अहिलेसम्मकै न्यून देखिएको छ।
भ्रष्टाचारको डरले कर्मचारीहरू निर्णय लिन डराएको जस्ताे देखिएकाे छ । यसअघि अख्तियारले टेरामक्स, एमडीएमएस र नेपाल टेलिकमको बिलिङ प्रणाली सम्बन्धी खरिदमा भ्रष्टाचार मुद्दा दायर गरेपछि प्राधिकरणका दर्जनौं कर्मचारी प्रभावित भएका थिए। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार, एनसेलले ४४३ वटा ग्राउन्ड बेस र ३०० वटा नन-ग्राउन्ड बेस बीटीएस निर्माण गर्न पाउनेछ भने टेलिकमले २०० वटा ग्राउन्ड बेस टावर निर्माण गर्नेछ। स्वीकृतिपछि कम्पनीहरूले आवश्यक उपकरण खरिद, विदेशी मुद्रा सिफारिस लगायतका प्रक्रिया अघि बढाउनेछन्।
प्राधिकरणले यसैगरी टेलिकमलाई ९०० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा सञ्चालन गर्न अनुमति दिएको छ, जसले अहिलेको १८०० मेगाहर्ज तुलनामा सेवा अझ प्रभावकारी हुने विश्वास गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







