काठमाडौं । नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग ९आईआरजीडीडी० र स्पेनी चेम्बर अफ कमर्स बीच दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभ प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ । आईआरजीडीडीकी अध्यक्ष डा। शर्मिला पराजुली ढकाल मंगलबार विशालनगरस्थित आईआरजीडीडीको कार्यालयमा स्पेनी चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलाडा रियारा इ रेने बीच द्धीपक्षीय छलफल भएको हो। स्पेन र ओमानका लागि पूर्वराजदूत डा। ढकाल र रियारा इ रेनेले दुई देशको हितका लागि व्यापार प्रवद्र्धन, लगानी सहजीकरण, डिजिटल अर्थतन्त्र, पर्यटन र सांस्कृतिक कूटनीति, शिक्षा र सीप विकास, ज्ञान आदानप्रदान, र थप विषयमा कुराकानी गरेका हुन् ।
उक्त अवशरमा डा। ढकाल र महानिर्देशक रियारा इ रेनेको साथै आईआरजीडीडीका उपाध्यक्ष कालीप्रसाद पोखरेल र द डिप्लोम्याट नेपालका प्रकाशक विमल ढकालको पनि उपस्थिती रहेको थियो ।

आईआरजीडीडी नेपालमा रहेको एक स्वतन्त्र, गैर–पक्षीय, र गैर–नाफामुखी थिंक ट्याङ्क हो । यो संस्थ बृहत रुपमा विश्वव्यापी मामिलाको विश्लेषण र रणनीतिक सल्लाह मार्फत नवप्रवर्तनलाई बढावा दिन समर्पित रहेको छ । यसले सरोकारवालाहरूलाई सशक्त बनाउन मद्दत गर्दछ । साथै, आईआरजीडीडीले विविध विशेषज्ञता, वास्तविक–विश्व अनुभव, नीति विकास, सार्वजनिक मामिला अन्तर्दृष्टि, कठोर वैज्ञानिक अनुसन्धान, र प्रभावकारी रणनीतिक व्यवस्थापनलाई प्रभावकारी समाधानहरू प्रदान गर्न एकीकृत रुपमा काम गर्दछ ।
स्पेनी चेम्बर अफ कमर्स स्पेनमा व्यापार, उद्योग, सेवाहरू र ढुवानीको हितको प्रतिनिधित्व, प्रवद्र्धन र रक्षा गर्ने सार्वजनिक ९सरकारी० संस्था हो । यसले स्पेन भित्र र अन्तर्राष्ट्रिय रूपमा चेम्बर अफ कमर्सको नेटवर्कको समन्वय र प्रतिनिधित्व पनि गर्दछ । उक्त संस्थाले स्पेन र विदेशमा व्यवसायहरू बीच सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
- नेपाली उद्यमी समीर खनालद्धारा लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालन
- आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न
- सत्ताच्युत भएको दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना
- विराटनगरस्थित देवनरा ग्रुपमा प्रहरीको छापा, मुन्दडा समूहको घरमा खानतलासी
- पहिरो र ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध
- आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी
- आन्दोलन घोषणा गरेलगत्तै दुर्गा प्रसाईं पक्राउ, सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा अनुसन्धान

ट्रेन्डिङ
खबरमुकाम






