सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यलेAnti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) सम्बन्धी विशेष तालिम नगरकोट स्थित रत्नागिरि रिर्सोट मा आयोजना गरेको छ ।
उक्त कार्यक्रममा कम्पनीका कानून विभाग प्रमुख सुबास भण्डारीले तालिम प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए ।
साथै AML/CFT सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशिका, र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिए।
कार्यक्रममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुख लगायत कम्पनी प्रमुख बजार अधिकृत श्री गणेश चौलागाइ तथा कम्पनीका अन्य पदाधिकारीहरुको मुख्य उपस्थिति रहेको थियो । हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १४३ शाखा बाट जीवन बीमा व्यवसाय संचालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






