काठमाडौं । नेपालको बजारमा टुनल्यान्ड G7 को सफल लन्चपछि फोटोन टुनल्यान्ड यसपटक नाडा अटो शोमा आफ्ना उत्कृष्ट गाडीहरू प्रदर्शनीमा राखिरहेका छन्। यीमध्ये तीन प्रमुख मोडलहरू टुनल्यान्ड V9, टुनल्यान्ड G7 र E टुनल्यान्ड विशेष आकर्षण बन्नेछन्। यी सबै गाडीहरू उच्च पर्फर्मेन्स, दमदार एक्सटेरियर र भरपर्दो सुविधाका लागि परिचित छन्।
हाइब्रिड पिकअप टुनल्यान्ड V9 एक मजबुत र शक्तिशाली गाडी हो, जुन हरेक किसिमका सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त छ। चाहे कामका लागि होस् वा मनोरञ्जनका लागि, साहसिक यात्रादेखि लामो दूरीको भ्रमणसम्म, यो सबैका लागि उपयुक्त छ। यसको शक्तिशाली इन्जिन र आकर्षक डिजाइनले नाडा अटो शोमा सबैको ध्यान खिच्ने पक्का छ।
टुनल्यान्ड G7 नेपालमै ठूलो सफलता हासिल गरिसकेको एक स्टाइलिश पिकअप हो, जुन अहिले नाडा अटो शोमा प्रदर्शित भइरहेको छ। सहज ड्राइभिङ मन पराउने चालकहरूको रोजाइमा पर्न सफल यो मोडलले आकर्षक लुक, आरामदायी इन्टेरियर र मजबुत ड्राइभिङ अनुभव दिन्छ। यसको प्रदर्शन र आरामको स्तरले जोकोहीलाई प्रभावित पार्छ।
त्यसपछि हामीसँग E टुनल्यान्ड रहेको छ जुन इलेक्ट्रिक पिकअप हो र यसले टुनल्यान्डको ग्रीन भविष्यतर्फको कदमलाई देखाउँछ। इन्धनरहित पिकअप ल्याएर टुनल्याण्डले वातावरणमैत्री विकल्प प्रदान गर्दैछ जसमा फोटोन टुनल्यान्डका गाडीहरूबाट सधैं अपेक्षा गरिने पावर र पर्फर्मेन्सका विशेषताहरू भने यथावत छन्।
एमएडब्लू वृद्धि कमर्शियलबारे
एमएडब्लू वृद्धि कमर्शियल नेपालमा फोटोनको आधिकारिक वितरक हो, जुन विश्वमा लोकप्रिय व्यावसायिक सवारी, प्यासेन्जर सवारी र न्यू इनर्जी सोलुसन्समा विशेषज्ञता राख्ने अटोमोबाइल ब्रान्ड हो। गुणस्तर, दिगोपन र इनोभेसनमा समर्पित एमएडब्लू वृद्धि कमर्शियलले प्रोफेसनल आफ्टर सेल्स सर्भिस र देशभर फैलिएको बलियो नेटवर्कमार्फत नेपालमा फोटोनका विश्वस्तरीय उत्पादनहरू प्रस्तुत गरेको छ। व्यवसायिक गतिविधिलाई गतिशील बनाउन अग्रणी भूमिका खेलिरहेको यस कम्पनीले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्डहरू कायम गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






