यस दशैंमा, सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू अब पहिलेको भन्दा धेरै सुलभसँग उपलब्ध गराइरहेको छ। अब तपाईंले आफ्ना प्रियजनहरूलाई नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोनहरू विशेष र कम मूल्यमा उपहार दिएर यो पर्व मनाउन सक्नुहुन्छ।
सामसङ नेपालका निर्देशक, श्री प्रणय रत्न स्थापितका अनुसार: सामसङमा, हामी मान्छौं कि रूपान्तरणकारी प्रविधि सबैको लागि सुलभ हुनुपर्छ। यस दशैंमा, हामी केवल विशेष मूल्य मात्र प्रदान गर्दैनौं , हामी सबैलाई हाम्रो अभूतपूर्व ग्यालेक्सी शृङ्खलाको अनुभव गर्न निम्ती गर्दछौं।
यी जडानका क्षणहरूलाई सक्षम पार्दा हामीलाई गर्व लाग्छ, जसद्वारा तपाईंले आफ्ना प्रियजनहरूसँग माया बाँड्न र यो पर्वको खुशीयाली मनाउन सक्नुहुन्छ। ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ किन्ने बेलामा ग्यालेक्सी ब्को क्षमता पत्ता लगाउनुको साथै ५०,००० सम्मको क्यासबेक पाउन सक्छन् ।
यसको अतिरिक्त, नेपालभरिका प्रमाणित सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत् यी अत्याधुनिक स्मार्टफोनहरू ०%ब्याजमा सजिलो ईएमआईमा पाउन सक्नुहुन्छ, जसमा अब पूर्ण मन शान्तिका लागि १८ महिनाको यन्त्र बीमा पनि समावेश छ। यस प्रक्रियामा कुनै कठिनता छैन र केवल तपाईंको नागरिकताको प्रमाणपत्र आवश्यक पर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






