सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठ काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा कम्पनीको अध्यक्ष रतन लाल केडिया , प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दैकम्पनीका अध्यक्षले कम्पनीको निमन्त्रणालाई सहर्ष स्वीकार गरि देशका विभिन्न ठस्थानबाट पाल्नु भएका क्लब सदस्यता प्राप्त गर्न सफल बीमा सल्लाहकारहरूमा न्यानो अभिवादन टक्रयाउँनुका साथै सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स प्रति देखाएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा उहाँनीहरुले पु¥याएको अतुलनीय योगदान प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे ।
कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सबै क्लब सदस्यहरू प्रति आभार प्रकट गर्दै कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने कुरा व्यक्त गरे । कम्पनीका डेपुटी सि ई ओ निराजन कंडेलले सफल बीमा सल्लाहकार बन्नको लागि आवश्यक सीपहरु लगायतका विषयहरूमा बोलेका थिए ।
कम्पनीले आर्थिक वर्ष २०८१।०८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब , आकाश क्लब र ग्यालेक्सी क्लबका योजनाहरु प्रस्तुत गरेको छ। । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम बिमाशुल्कको लक्ष्य तोकिएको हुन्छ । तोकिएको लक्ष्य हासिल गर्न सफल बीमा सल्लाहकारहरू क्लबमाको सदस्यता प्राप्त गरी कार्यक्रममा सहभागी हुन्छन्। सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।
नेपाल टेलिभिजनकी बरिस्ठ समाचार सम्पादक शिवानी थापा बस्न्यात कार्यक्रम संचालिका रहेकी थिइन भने चर्चित गायिका समिक्षा अधिकारी र हास्य कलाकार सुन्दर खनालले आफ्ना प्रस्तुतिहरु पस्कदै कार्यक्रममा रौनक थपेका थिए । कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन बिच बिचमा नृत्य कार्येक्रम पनि समाबेश गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता

ट्रेन्डिङ
खबरमुकाम







