काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुुदान बन्द नगर्न सरकार समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासमक्ष सिंहदरवारमा आज भेटवार्ता गर्दैे निर्यातमा दिईदै आएको सहुलियत अनुदान बन्द नगर्न आग्रह गरेको हो । आन्तरिक उत्पादनहरुको निर्यात क्षमता प्रतिस्पर्धी बन्न नसकेको, उत्पादन लागत उच्च भएको बेलामा सरकारको पछिल्लो निर्णयले निर्यात निरुत्साहित हुने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्नेगरी नीतिगत सहजता गर्न चेम्बरले उद्योगमन्त्री सिन्हासमक्ष आग्रह समेत गरेको छ । वर्तमान परिस्थितीमा औद्योगिक तथा व्यवसायिक सुरक्षाको प्रत्याभूतिका साथै लगानीमैत्री वातावरण निर्माण गर्न चेम्बरले आग्रह गरेको हो ।
चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्थतन्त्रलाई सबल बनाउन निजी क्षेत्रसंग साझेदारी गर्दै नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र व्यवसायिक सुरक्षाको सुनिश्चितता गर्ने विषयलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने आजको आवश्यकक्ता रहेको छ, । ’ आन्दोलनबाट गम्भीर रुपमा प्रभावित उद्योग र व्यवसायलाई कर्जाको पुनर्तालिकीकरण, सहुुलियत दरमा कर्जा उपलव्धता एवं पुर्ननिर्माणको क्रममा उद्यमी, व्यवसायीले आयात गर्ने सामानमा ५० प्रतिशत भन्सार छुुट र अन्तशुल्क छुटको व्यवस्था तथा दुु्रत गतिमा बीमा दावी फस्र्यौट गर्ने नीतिगत व्यवस्थाहरुको चेम्बरले स्वागत गरेको छ । यस्तै मुुल्याङकनको आधार कारोबार मुल्य हुनुपर्ने र सन्दर्भ पुुस्तिका हटाईनुपर्ने चेम्बरले लामो समयदेखि उठाउदै आएको मागलाई हाल सम्वोधन गरिएको र विराटनगर भन्सार कार्यलयबाट अनलाईन मुुल्याङकन प्रणालीको सुुरुवात गरिएकोमा चेम्बरले स्वागत गरेको छ ।
चेम्बरले ऐन कानूनमा स्पष्टताको अभावले दवावमुुलक ढंगबाट कर उठाउने प्रवृत्तिको अन्त्य गर्न सरकार समक्ष आग्रह गरेको छ ।
जेनजी आन्दोलनको मर्म अनुसार युवा उद्यमीहरुलाई छिटो र सजिलो कर्जाको पहुु“च दिन र सीपमा आधारित व्यवसायलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा चेम्बरले जोड दिएको छ । यस्तै व्यवसाय दर्ता, कर तथा लाईसेन्स सम्वन्धी प्रक्रियाहरुलाई पारदर्शी, डिजिटल मैत्री र सरल बनाउन चेम्बरले सुुझाव दिएको छ । मुलुकमा ५० प्रतिशत भन्दा बढी युवा जनशक्ति रहेको भन्दै चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले युवाहरुलाई रोजगारीको मुल प्रवाहमा ल्याएर आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नुपर्ने बताए । चेम्बर पदाधिकारीहरुसंगको भेटवार्तामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सिन्हाले निजी क्षेत्रमा सुरक्षाको प्रत्याभूति सहित लगानी मैत्री वातावरण सिर्जना गरेर अर्थतन्त्रलाई निकास दिन आफुुहरु प्रयासरत रहेको बताए । औद्योगिक तथा व्यवसायिक क्षेत्रको सुरक्षाका लागि चेम्बरले राखेको एकीकृत सुरक्षा प्रणालीको अवधारणा उपयुक्त हुने मन्त्री सिन्हाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ११४ दिनपछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, परिषद् र सेवाग्राहीबीच विवाद
- सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
- मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त
- नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि.बीच सम्झौता
- सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, आमरण अनशन अन्त्य
- भारतद्वारा शेख हसिनाको सम्बोधन रोक्न अस्वीकार
- यी हुन् आज भारीदेखि अति भारी वर्षा हुने प्रदेशहरु
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा

ट्रेन्डिङ
खबरमुकाम







