काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार सिंहदरबारस्थित मन्त्रालय परिसरबाट नियन्त्रणमा लिएको हो ।
सीआईबीका अनुसार भट्टराईमाथि तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोप लागेको छ । यही प्रकरणमा उनीविरुद्ध गत सोमबार नै मुद्दा दर्ता गरिएको थियो ।
सीआईबीले उनलाई सोमबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।
सीआईबीका प्रवक्ता अनुपमशमशेर जबरा का अनुसार भट्टराईले २०६८ सालमा उक्त ट्राभल डकुमेन्ट जारी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






