काठमाडौं । सरकारले इन्टर्न चिकित्सकहरूको स्टाइपेन्डसम्बन्धी माग अझै सम्बोधन नगरेको भन्दै ‘एमबीबीएस–बीडीएस स्टाइपेन्ड एकरूपता अभियान नेपाल’का संयोजक डिल्ली हरिजन मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा आमरण अनशनमा बसेका छन् । हरिजनले मंगलबार बिहान १०ः२५ बजेदेखि आमरण अनशन सुरु गरेको घोषणा गरेका हुन् ।
अनशन घोषणा गर्दै उनले यो निर्णय व्यक्तिगत स्वार्थ वा आवेगका कारण नभई न्यायोचित माग पूरा गराउन बाध्य भएर लिनुपरेको बताएका छन् । विगत चार महिनादेखि शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, सांसद तथा अन्य सरोकारवाला निकायसँग निरन्तर संवाद र पहल गरे पनि माग सम्बोधन हुन नसकेको उनको भनाइ छ ।
उनका अनुसार आन्दोलनभन्दा अघि संवाद, टकरावभन्दा अघि समाधान र विरोधभन्दा अघि विश्वासको बाटो रोजिए पनि शिक्षा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा गठित कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार आवश्यक निर्णय अझै हुन सकेको छैन ।
हरिजनले आमरण अनशन चिकित्सक वा विद्यार्थीको चाहना नभई समयमै निर्णय गर्न नसक्ने राज्य संयन्त्रको ढिलासुस्ती र गैरजिम्मेवारीको परिणाम भएको बताएका छन् । उनले इन्टर्न चिकित्सकहरूको स्टाइपेन्डमा एकरूपता कायम गर्दै कार्यदलको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






