काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित मधेसका विभिन्न जिल्लामा हालै भएका घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले सुनसरी र मधेसका विभिन्न स्थानमा देखिएका सामाजिक तथा साम्प्रदायिक तनावका घटनालाई सामान्य रूपमा लिन नहुने बताएका हुन् ।
उनले घटनाको वास्तविक कारण र त्यसबाट भएको क्षतिको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए । चालिसेका अनुसार सरकारले गठन गरेका हालका छानबिन समितिले जनविश्वास प्राप्त गर्न नसक्ने दाबी गर्दै ती समिति प्रभावकारीभन्दा पनि औपचारिकतामा सीमित रहेको टिप्पणी गरे ।
उनले जनताले विश्वास गर्न सक्ने स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय न्यायिक आयोग गठन गरेर घटनाको वस्तुगत अनुसन्धान गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरे ।
कांग्रेसले मुलुकमा सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न आफू प्रतिबद्ध रहेको पनि जनाएको छ । प्रवक्ता चालिसेले देशभर पार्टीका संयन्त्रलाई सामाजिक सद्भाव कायम राख्ने अभियानमा सक्रिय बनाइएको जानकारी दिए ।
साथै, घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिलाउन र दोषीमाथि कानुनअनुसार कारबाही गर्न ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराइएको कांग्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






