काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्नुका साथै सार्वजनिक महत्त्वका विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) प्रतिनिधिसभामा पेस गर्नेछिन् ।
त्यसपछि नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान, सुरक्षित आवास, आधारभूत सेवा, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना तथा वास्तविक भूमिहीनलाई यथाशीघ्र लालपूर्जा वितरण गर्न सरकारलाई आवश्यक व्यवस्था गर्न आग्रह गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गर्नेछन् ।
यसैबीच, आज संघीय संसदअन्तर्गत पाँचवटा संसदीय समितिको बैठक पनि बस्दै छ । अर्थ समितिको बिहान १० बजे बस्ने बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमाथि दफाबार छलफललाई निरन्तरता दिइनेछ ।
अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटन विधेयक, २०८१ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्नेछ ।
उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बिहान ११ बजे बस्ने बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ सम्बन्धी विधेयकमाथि सैद्धान्तिक तथा दफाबार छलफल गरिनुका साथै कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि पनि छलफल हुनेछ ।
त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासन कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने कार्यसूची तय गरेको संघीय संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






