शशिधर पराजुली
आर्थिक शिथिलतालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्यसहित मोरङ उद्योग व्यापार सङ्घले ‘विराट ट्रेड एक्स्पो २०८२’ आयोजना गर्ने भएको छ । आगामी पुस ९ गतेदेखि १९ गतेसम्म एक्स्पो सञ्चालन गर्ने तयारी गरिएको छ ।
सङ्घका अध्यक्ष अनुपम राठी र संयोजक अमितकुमार शारदाले सोमबार पत्रकार सम्मेलन गर्दै एक्स्पोको तयारीबारे जानकारी दिनुभएको हो । एक्स्पो सम्पन्न गर्न करिब २ करोड ५० लाख रुपियाँ खर्च हुने अनुमान आयोजकको छ । १० दिनसम्म चल्ने एक्स्पोमा २५ देखि ३० करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा रहेको संयोजक अमित सारडाले जानकारी दिनुभयो ।
एक्स्पोमा जर्मन प्रविधिको ह्याङ्गरसहित करिब २३० वटा स्टल रहने छन् । जसमा कृषि, पर्यटन, सूचना प्रविधि र अटोमोबाइल्सका उत्पादनहरू प्रदर्शनीमा राखिने छ । विशेषगरी, मेलामा अन्तर्राष्ट्रिय सहभागितालाई प्राथमिकता दिइएको छ । हालसम्म भारत, बङ्गलादेश र पाकिस्तान लगायतका देशबाट २६ वटा स्टल बुकिङ भइसकेको र अझै सम्पर्कमा रहेकाले यो सङ्ख्या बढ्न सक्ने सङ्घले जनाएको छ । विदेशी उत्पादनहरूको सहज अवलोकनका लागि विदेशी स्टलहरूलाई छुट्टै डोममा राखेर फरक पहिचान दिइने व्यवस्था मिलाइएको छ ।
बिहान ११ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी करिब २ लाख दर्शकले अवलोकन गर्ने अनुमान छ । दर्शकलाई आकर्षित गर्न ‘फिस टनेल’ (माछाको सुरुङ), किड्स जोन र सेल्फी जोन जस्ता संरचना निर्माण गरिने छ । साथै, हरेक साँझ ख्यातिप्राप्त राष्ट्रिय कलाकार तथा ब्यान्डहरूको सांगीतिक प्रस्तुति रहने छ ।
मुलुककै जेठो उद्योग वाणिज्य सङ्घका रूपमा रहेको मोरङ उद्योग व्यापार सङ्घले स्थानीय उत्पादनको बजार विस्तार र कोशी प्रदेशको पर्यटन प्रवर्धनमा यो एक्स्पो कोसेढुङ्गा साबित हुने विश्वास लिएको छ । एक्स्पोको मुख्य प्रायोजकमा एसियन थाई फुड्स (रमपम) र मारुती सिमेन्ट रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






