मुकाम डेस्क । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आजबाट ट्रेकिङ गाईड तालिम सुरु भएको छ । पालिका र जीविकोपार्जन पुनस्रुत्थानकाका लागि दिगो पर्यटन परियोजनाको संयुक्त साझेदारीमा तालिमको आयोजना गरिएको हो ।
तालिम कार्यक्रमको उद्घाटन वडा नं. ३ का अध्यक्ष र पर्यटन बोर्ड शाखाका अध्यक्ष ङिमाछिरिङ तामाङले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिका अध्यक्ष टासी लामाले यस्ता कार्यक्रमले पाँचपोखरीको समग्र पर्यटन विकासमा र स्वयम् तालिममा सहभागी बनेका प्रशिक्षार्थीलाई थप क्षमतावान बनाउन सहयोग मिल्ने बताए ।
त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले पालिकाका सर्वसाधारणलाई सिप सिकाउन यस्ता खालका कार्यक्रमहरु बारम्बार आयोजना गर्नुपर्ने बताए ।
कार्यक्रम आजदेखि पौष ४ गतेसम्म सन्चालन हुनेछ र तालिममा १५ जनाले यस तालिममा सहभागिता जनाउनेछन् । तालिमको प्रशिक्षकको रूपमा हिमाल पण्डित र अनिश दाहाल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






