आजबाट भक्तपुरको नगरकोटमा नेपालकै सबैभन्दा लामो जिपलाइन सञ्चालन

काठमाडौं । आजबाट नेपालकै सबैभन्दा लामो जिपलाइन भक्तपुरको नगरकोटमा सञ्चालनमा आएको छ । उक्त जिपलाइनको उद्घाटन पर्यटनमन्त्री सुदन किरातीले गरेका हुन् । 

चाँगुनारायण नगरपालिका–६ र ७ मा फैलिएको २ हजार २५० मिटर लामो जिपलाइन आजदेखि संञ्चालनमा आएको हो । यसअघि पोखराको जिपलाइन नेपालकै सबैभन्दा लामो जिपलाइनका रूपमा स्थापित थियो । 

नगरकोटमा केदार थापा, प्रेम बहादुर बस्नेत लगायतको समूहले उक्त जिपलाइन सञ्चालन गरेका हुन् । 

सञ्चालक थापाका अनुसार नेपालमा आउने पर्यटकहरूमध्ये ९० प्रतिशत नगरकोट आउने भएकाले उनीहरूलाई लक्षित गरी जिपलाइन सञ्चालनमा ल्याइएको हो । जिपलाइन बनाउन १५ करोड रूपैयाँभन्दा बढी खर्च भएको उनले बताए ।  

उद्घाटनमा पुगेका पर्यटनमन्त्री सुदन किरातीले नगरकोटमा जिपलाइन सञ्चालनमा आएसँगै यसले नेपालको पर्यटन प्रवर्द्धनमा थप योगदान हुने उल्ल्ोख गरेका छन् । 
।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै