काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक खेलतालिका सार्वजनिक गरेको छ । क्यानले आज यहाँ पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो ।
नेपालले आइसिसी विश्वकप लिग दुई, टि–२० सिरिज, एकदिवसीयलगायतका सिरिजलाई खेलतालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच त्रिकोणात्मक टि–२० सिरिज खेल्ने खेलतालिकामा उल्लेख छ । उक्त खेल नेपालमै हुनेछ । त्यस्तै १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच एकदिवसीय र तीन टि–२० खेल खेल्ने छ ।
यसैगरी क्यानले आफ्नो खेलतालिकामा आगामी मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ । क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेलतालिकामा समावेश गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भेटे गभर्नरः सेयर बजार र लगानीमैत्री नीतिमा जोड
- पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
- केहीबेरको वर्षामै काठमाडौंका मुख्य सडक डुबान, सवारी आवागमन प्रभावित
- मन्त्रिपरिषद्का सात निर्णयः मिटरब्याज पीडितसँग वार्ता गनेदेखि अरु के के ?
- यूनाइटेड अजोड इन्स्योरेन्सको ३२ औं साधारण सभा सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच समझदारी
- सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

ट्रेन्डिङ
खबरमुकाम







