काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गाडी तेर्स्याएर अवरोध सिर्जना गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै मल्लले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको मृत्युको घटनालाई अन्यत्र मोड्ने उद्देश्यले केही राज्यसंरक्षित व्यक्तिहरूले योजनाबद्ध रूपमा गतिविधि गरेको आरोप लगाए ।
उनले राजधानीमा पछिल्ला दिनमा भएका घटनाले गम्भीर प्रश्न उठाएको भन्दै आइतबार न्युरोड क्षेत्रमा जानाजानी सवारी अवरोध गरेर सर्वसाधारणलाई सास्ती दिइएको दाबी गरे ।
सांसद मल्लका अनुसार सोमबार केही सञ्चारमाध्यमका कार्यालय तथा नेपाली कांग्रेसका सभापति गगन थापाको निवासअगाडि समेत गाडी तेर्स्याएर दबाब सिर्जना गर्ने प्रयास भएको थियो ।
यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई सामान्य जरिबाना गरेर छाड्नु पर्याप्त नहुने उनको भनाइ छ । उनले दोषीको पहिचान गरी सवारीसाधन जफत गर्न, विस्तृत छानबिन गर्न र कानुनअनुसार कडा कारबाही अघि बढाउन सरकारसँग आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





