काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा सडक सञ्जाल प्रभावित भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार आज देशभरका ८ वटा प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ६ वटा सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।
इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा मेची राजमार्गमा पहिरो खस्दा झापा–ताप्लेजुङ सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ । यद्यपि, स्थानीय वैकल्पिक मार्ग प्रयोग गरी सीमित रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ । पहिरोका कारण कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
त्यसैगरी, सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग, अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक तथा गुल्मीको रुद्रवेणी सडकमा पनि बाढीपहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।
यता, केही सडकमा भने एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ । भोजपुरको मध्यपहाडी राजमार्ग, मकवानपुरको भीमफेदी क्षेत्रस्थित कान्ति लोकपथ, कास्कीको नयाँपुल–घान्द्रुक सडक, बागलुङको मध्यपहाडी लोकमार्ग तथा गुल्मीको कालीगण्डकी करिडोरमा सावधानीपूर्वक एकतर्फी यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले वर्षायाममा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नैपरे सडकको अवस्था बुझेर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न तथा सम्बन्धित निकायको सूचना पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






