काठमाडौं । युरोपेली च्याम्पियन स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गरेको छ । अमेरिकाको टेक्सास राज्यस्थित आर्लिङ्टनमा सम्पन्न खेलमा प्रभावशाली प्रदर्शन गर्दै स्पेनले उपाधि नजिकको यात्रा तय गरेको हो ।
यस जितसँगै स्पेन फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि इङ्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
स्पेनले पहिलो हाफमै अग्रता बनाएको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती सफलता दिलाए । फ्रान्सका डिफेन्डर लुकास डिन्येले स्पेनका युवा विङ्गर लामिन यामलमाथि गरेको फाउलपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो । ओयार्जाबलले सहज रूपमा बललाई जाली चुमाउँदै प्रतियोगितामा आफ्नो पाँचौँ गोल पूरा गरे ।
पहिलो गोलपछि फ्रान्स थप दबाबमा परेको थियो । त्यसैबीच टोलीका प्रमुख डिफेन्डर विलियम सलिबा पुरानो ढाडको चोट दोहोरिएपछि मैदान छाड्न बाध्य भए । उनको स्थानमा म्याक्सेन्स लाक्रोआ मैदानमा आएका थिए ।
स्पेनले बल नियन्त्रण र छोटो पासको खेललाई निरन्तरता दिँदै फ्रान्समाथि दबाब कायम राख्यो । पहिलो हाफभर फ्रान्सले लक्ष्यमा एक पनि प्रभावकारी प्रहार गर्न सकेन ।
दोस्रो हाफ सुरु भएपछि फ्रान्सले केही रणनीतिक परिवर्तन गरे पनि त्यसले अपेक्षित नतिजा दिन सकेन । बरु खेलको सुरुआतमै डिफेन्डर पेड्रो पोरोले डानी ओल्मोसँगको उत्कृष्ट संयोजनपछि दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।
दोस्रो गोलपछि फ्रान्सले आक्रमण बढाउने प्रयास गरे पनि स्पेनको सुदृढ र संगठित रक्षापंक्तिलाई भेद्न असफल रह्यो । अन्तिमसम्म खेल आफ्नो नियन्त्रणमा राख्दै स्पेनले २–० को जित निकाल्यो र विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्यो ।
स्पेन अब विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधिका लागि इङ्ल्यान्ड वा अर्जेन्टिनामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भोटेकोसी बाढीमा बेपत्ता ७३४ जनाको शव फेला, कुन जिल्लामा कति ?
- चीनबाट दुई वाई–२० विमानमा राहत सामग्री र सुरुङ उद्धार विज्ञ नेपाल आए
- हिल्सा नाकाबाट फर्किने कैलाश मानसरोवर तीर्थयात्रीलाई पदयात्रा दस्तुर मिनाहा
- भोटेकोसीमा तत्काल ठूलो बाढीको जोखिम नरहेको महाशाखाको भनाइ
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
- बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय


ट्रेन्डिङ
खबरमुकाम






