काठमाडौं । नेपाल मेडिकल कलेजमा आजदेखि १५ दिने च्यारिटी स्पोर्ट्स फेस्ट सुरु भएको छ । शुक्रबार कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले म्याराथुनको उद्घाटन गर्दै २ सातासम्म हुने च्यारिटी स्पोर्ट्स फेस्टको सुरुवात गरिन् ।
म्याराथुनमा पुरूष तर्फ अजय क्षेत्री प्रथम हुँदा सुमन तामाङ दोश्रो र मनिष ऐर तेश्रो भए । महिला तर्फ सन्ध्या पौडेल प्रथम हुँदा क्रमशः रोशीका बैद्य र दर्शिता भण्डारी दोश्रो र तेश्रो भए । उनीहरूलाई कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले मेडल तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।
सो अवसरमा बोल्दै प्रबन्ध निर्देशक डा. यासमिनले विद्यार्थीहरुलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न खेलकूद महत्वपूर्ण रहेको बताउँदै कार्यक्रमले विद्यार्थी, फ्याकल्टी, नर्स तथा कर्मचारीहरु विच सुमधुर सम्बन्ध स्थापित गर्न टेवा पुग्ने बताइन् । विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा उजागर गर्न र उनीहरुको अध्यापन तथा अतिरिक्त कृयाकलापमा सहयोग पुर्याउन कलेज प्रशासन सदैव साथ रहने उनको प्रतिबद्धता छ ।
स्वास्थ्य तर्फ हाम्रो प्रयास (ओएटिएच) सँगको सहकार्यमा भइरहेको च्यारिटी स्पोर्ट्स फेस्टमा एमविविएस, विडिएस, विएस्सी नर्सिङका विद्यार्थीहरु, फ्याकल्टी तथा स्टाफहरुको उल्लेखनीय सहभागीता रहेको छ । विद्यार्थीमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउँदै आर्थिक अभावसँग जुधिरहेका बिरामीहरुलाई सहयोग जुटाउने उद्देश्यले च्यारिटी स्पोर्ट्स फेस्ट आयोजना गरिएको हो ।
स्पोर्ट्स फेस्टमा फुटसल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, चेस, म्याराथन, स्प्रिन्ट, डोरी तान्ने खेल, पब्जी लगायतका प्रतियोगिताहरु हुने स्वास्थ्य तर्फ हाम्रो प्रयासकी अध्यक्ष डा. असिमा गौतमले बताइन् । कार्यक्रममा कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारी, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय, फ्याकल्टी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





