काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिुभवन आर्मी क्लबले मधेश प्रदेशलाई ३२१ रनको बलियो लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आर्मीले विनोद भण्डारीको शतकको मद्दतमा निर्धारित ५० ओभरमा अलआउट हुँदै ३२० रन बनाएको हो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्काको मद्दतमा ११३ रन बनाए ।
ओपनर इमरान शेख २६ र अर्का ओपनर सन्तोपा कार्कीले ४२ रन बनाए । भीम सार्की १८ रनमा रञ्जित कुमारको हातबाट एलबीडब्ल्यु आउट भए । कुशल मल्ल ३७, वसिर अहमद १६ रनमा क्याच आउट हुँदा सोमपाल कामी ६ रनमा बोल्ड भए ।
अन्तिम बलमा साहब आलम ७ रनमा रन आउट हुँदा जितेन्द्र मुखिया २ रनमा अविजित रहे । मधेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिए । विशाल पटेलले २ विकेट लिँदा रुपेश सिंह र राजेश यादवले समान १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भेटे गभर्नरः सेयर बजार र लगानीमैत्री नीतिमा जोड
- पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
- केहीबेरको वर्षामै काठमाडौंका मुख्य सडक डुबान, सवारी आवागमन प्रभावित
- मन्त्रिपरिषद्का सात निर्णयः मिटरब्याज पीडितसँग वार्ता गनेदेखि अरु के के ?
- यूनाइटेड अजोड इन्स्योरेन्सको ३२ औं साधारण सभा सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच समझदारी
- सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

ट्रेन्डिङ
खबरमुकाम







