काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सदस्य पदमा मनोनीत ६ जनाले आज शपथ लिएका छन् । गत पौष २० गते बसेको एमाले सचिवालय बैठकले ५ पूर्व प्रदेश अध्यक्ष र एक जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।
मनोनीत केन्द्रीय सदस्यहरूलाई आज मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यालयमा शपथ गराएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएक छन् ।
एमाले सचिवालय बैठकले मधेस प्रदेशका राम अवतार यादव, कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने,बाग्मतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारी र झापा जिल्ला अध्यक्ष दीपक थापा पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम




