काठमाडौं । देशभरको मौसममा हाल विभिन्न वायुमण्डलीय प्रणालीको प्रभाव देखिएको छ । पश्चिमी न्यूनचापीय रेखासँगै स्थानीय तथा पूर्वी वायु सक्रिय हुँदा मौसममा परिवर्तन आएको हो ।
मौसमविद्का अनुसार अहिले हिमाली र पहाडी क्षेत्रका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा पनि बादल लागेको अवस्था छ भने अन्य तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । कर्णाली प्रदेशका सीमित स्थानमा समेत हल्का वर्षाको गतिविधि देखिएको छ ।
आज दिनभर हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहने मौसम पूर्वानुमान गरिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपातको सम्भावना पनि रहेको बताइएको छ ।
पूर्वी तराईका केही स्थान, विशेषगरी कोशी प्रदेश तथा मधेसका सीमित क्षेत्रमा चट्याङसहित पानी पर्न सक्ने अनुमान गरिएको छ ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने गर्मी बढ्ने संकेत देखिएको छ । केही स्थानमा अत्यधिक तापक्रमका कारण तातो दिन तथा तातो हावाको प्रभाव महसुस हुन सक्ने भएकाले सर्वसाधारणलाई सावधानी अपनाउन सुझाव दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय सभा साउन २१ सम्मका लागि स्थगित
- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
- खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’को लोकार्पण
- कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
- नेपाली उद्यमी समीर खनालद्धारा लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालन
- आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न
- सत्ताच्युत भएको दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना
- विराटनगरस्थित देवनरा ग्रुपमा प्रहरीको छापा, मुन्दडा समूहको घरमा खानतलासी

ट्रेन्डिङ
खबरमुकाम







