काठमाडाैं । सर्वाइकल क्यान्सर महिलामा हुने एक साइलेन्ट किलर रोग हो, जो गर्भाशयमा सुरु हुन्छ । यसलाई सर्विक्स वा गर्भाशयको मुख पनि भनिन्छ ।
यो रोगको खतराबाट संसारभरका महिला जुधिरहेका छन् । यसबारे थप जानौं ।
सर्वाइकल क्यान्सर महिलाको सर्विक्स सेल्समा हुन्छ जो योनीसँग जोडिएको हुन्छ । यो क्यान्सर एचपीवीबाट फैलिन्छ जो शारीरिक सम्बन्धसँग जोडिएको संक्रमण हो ।
अनियमित रक्तश्राव, महिनावारीको समय सकिएपछि पनि रक्तश्राव भइरहनु, हेभी भजाइनल डिस्चार्ज, पिसाब गर्दा दुख्ने, लगातार थकान तथा ऊर्जाको कमी जस्ता यसका लक्षण हुने गर्दछन् ।
एचपीवी १६ तथा एसपीवी १८ यो रोगको कारक हो जो आम रुपमा कम उमेरमा नै धेरै महिलामा यौन सम्बन्धका क्रममा गर्भाशयको मुखसम्म पुग्छ ।
यो रोगबाट बच्न यौन सम्बन्ध एक मात्र पार्टनरसँग राख्ने र सुरक्षित यौन सम्बन्धका लागि कन्डोमको प्रयोग गर्नु उचित हुन्छ ।
यसबाहेक धुमपान तथा रक्सी सेवन नगर्नुहोस, स्वस्थ खानपानका साथै तौल नियन्त्रित राख्नुहोस्, तनावबाट टाढा रहनुहोस् र नियमित चेकजाँच गर्नुहोस् ।
सर्वाइकल क्यान्सर थाहा पाउनका लागि पेप स्मीयर, एचपीवी डीएनए टेस्ट तथा सर्विक्सको भिडियो एक्सरे आदि जस्ता जाँच गर्नुपर्ने हुन्छ ।
सर्वाइकल क्यान्सरबाट बच्न यससम्बन्धी खोप जरुरी हुन्छ । एचपीवीको खोप तथा नियमित जाँचबाट नै यो रोगबाट बच्न सकिन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम




