नवलपरासी । साहसिक खेल कायाकिङको राष्ट्रियस्तरको प्रतियोगिता भोलिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा हुँदैछ ।
प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजनामा नारायणी नदीको अमलटारीघाटदेखि नन्दपुर सेहेरीसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा २० जना राष्ट्रिय खेलाडीले भाग लिने प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए। यही माघ ४ गते अमलटारी घाटदेखि नन्दपुर सेहेरीसम्म गरिएको परीक्षण सफल भएपछि प्रतियोगिता आयोजना गरिएको हो ।
“एक जनामात्र बस्न मिल्ने डुङ्गा अर्थात् कायकमार्फत खेलिने कायाकिङ साहसिक खेल विधामा पर्छ”, उनले भने, “प्रतियोगितामा सहभागी खेलाडीले पार गर्ने समयका आधारमा विजेता घोषणा गरिनेछ ।”
नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा कायाकिङको सफल परीक्षणपछि प्रतियोगिता आयोजना हुनु आफैँमा महत्वपूर्ण भएकाले खेल पर्यटनको गन्तव्यका रूपमा अगाडि बढाउन प्रतियोगिता कोसेढुङ्गा सावित हुने सदस्य सचिव शर्माले बताए। “खेल पर्यटनमार्फत जैविक विविधता संरक्षणको सन्देश प्रतियोगिताले दिने छ”, उनले भने ।
प्रदेश खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगिताको सहआयोजकमा नन्द भाउजु उपभोक्ता समिति नवलपुर छ । सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिने नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भेटे गभर्नरः सेयर बजार र लगानीमैत्री नीतिमा जोड
- पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
- केहीबेरको वर्षामै काठमाडौंका मुख्य सडक डुबान, सवारी आवागमन प्रभावित
- मन्त्रिपरिषद्का सात निर्णयः मिटरब्याज पीडितसँग वार्ता गनेदेखि अरु के के ?
- यूनाइटेड अजोड इन्स्योरेन्सको ३२ औं साधारण सभा सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच समझदारी
- सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

ट्रेन्डिङ
खबरमुकाम







